१७ भदौ ०७८,काठमाडौं । टोखा नगरपालिका–९ बस्ने पाँचथर फिदिम नगरपालिका–१ ठेगाना भएका २७ वर्षीय
लक्ष्मी बिकलाई १ सय १९ ग्राम ५ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइन, २ थान मोबाइल, २५ हजार रुपैयाँ र २ थान डिजिटल तराजु सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कम्पाउण्डभित्र उक्त खैरो हेरोइन सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट लागूऔषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको यस व्यूरोले जनाएको छ ।
१८ भाद्र २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया