२० भदौं ०७८, काठमाडौं । काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा आजकल हरेक साँझ चरा चुरुंगीको बथान देख्न सकिन्छ । क्रंक्रिट जंगलको मध्य भाग काठमाडौंको टुडिखेल क्षेत्र बर्षे घाँसले हरियाली छ । यही हरियालीमा सारस चराहरु डुल्ने गरेका हुन् ।
काठमाडौं उपत्यका वरपर जंगलै जंगल छ । पर्यावरणीय विविधता पाइने यहाँको वातावरण चराको बासस्थानका लागि उपर्युक्त छ । राजधानीको बज्रवाराहीमा संसारमै नपाइने काँडे भ्याकुर पाइन्छ । नेपालमा साइवेरियादेखि चराहरु डुल्न आइपुग्छन् ।
न्युज कारखानाबाट
प्रतिक्रिया