२२ भदौं ०७८, काठमाडौँ। उपत्यकामा ५१९ सहित नेपालमा थप १ हजार ६७७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५७ हजार ८९५ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।
यस्तै काठमाडौं उपत्यकामा ५१९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ३१० पुगेको छ ।
प्रतिक्रिया