१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको पुल्चोक फुटपाथमा समय फल्चाको शिलान्यास



२४ भदौं ०७८, ललितपुर  । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा ललितपुरको पुल्चोकस्थित सडकपेटी भत्काएर समय फल्चा पाटी निर्माण गर्ने भन्दै शिलान्याश गरिएको छ । पाटी निर्माणको क्रममा पुल्चोकमा रहेको श्री लालीगुरास सहकारी संस्थाको भवनमा असर पर्ने गरी भत्काइएको सहकारीले जनाएको छ । यद्यपी पुपटपाथका लागि थोरै जग्गा भने छोडिएको देखिएको छ ।
स्थानीय टोल सुधार समितिको नाममा विहीबार बिहान करिब साढे ४ बजे सरकारी मापदण्ड भित्र पर्ने बाटो र फुटपाथमा पाटी बनाउन भन्दै भवनमा असर पर्नेगरी जग खनिएको थियो । सहकारीको मुख्य कार्यालय प्रवेशद्धारमै जोडर चलाएपछि कर्मचारीले बिरोध गर्दा कर्मचारी माथि नै हातपात गरेको सहकारीमा कार्यरत एक कर्मचारीले बताएका छन् ।
जिल्ला अदालतको आदेश भन्दै सडक पेटीमा डोजर चलाएको थियो । डोजर चलाउने क्रममा बिरोध भएको थियो ।
जिल्ला अदालतले सडक पेटीको मापदण्डलाई असर नपर्नेगरी निर्माण गर्न स्वीकृत दिएको थियो ।
अदालतको आदेश विपरित सडक र फुटपाथलाई असर पर्नेगरी पाटी बनाउन लागेको भन्दै मेयरविरुद्ध महानगरपालिकाका कर्मचारीले भित्री रुपमा आपत्ती जनाएको श्रोतले दावी गरेको छ । महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्यालको उक्साहटमा सडक भत्काउने काम भएका उनीहरुकोे आरोप छ ।

उनले करिब २५ हजार शेयर सदस्य रहेको यस संस्थाप्रति रिस पोख्दै जबरजस्ती पाटी शिलान्यास लागेको उनीहरुले बताएकोछन् ।

 

सर्वोच्च अदालतको आदेश अनुसार काम गरेको भन्ने महर्जनले सर्वोच्चको आदेशमा फुटपाथ र सडकलाई बाधा नपर्ने गरी पाटी बनाउने विषय उल्लेख छ । मेयरका कामप्रति सोही वडाका वडा अध्यक्ष श्रीगोपाल महर्जन सहमत छैनन । उनको एउटा मात्र भनाई छ पहिला पाटी कहाँ थियो उत्खनन गर्नुपर्छ । पाटी छ भने जस्तो छ त्यस्तै बन्नु पर्छ ।

निर्वाचन आउन ८ महिना बाकी रहदा जसरी पनि पाटी शिलान्यास गरी फेरी मेयर बन्ने रणनीति बनाएका सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी बताउछन् ।
बिसं २०६८ साल मंसिर २५ गते बसेको उप–महानगरपालिकाको बोर्डको बैठकले नेपाल सरकारको स्वामित्वमा रहेको यो जग्गामा सडक फुटपाथ समेत देखिएको, सडक विभाग डिभिजन कार्यालयले पाटी निर्माण गर्न दिन नहुने भनी लेखी आएको,काठमाडौ उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको मापदण्ड ६४ को दफा १३ अनुसार सडक केन्द्र रेखाबाट ११÷११ मिटर स्थायी संरचना निर्माण गर्न नपाईने उल्लेखे थियो ।
यो बैठकले कित्ता नम्बर ३२७ सडक सिमाभित्रै रहेको देखिएकोले यस कित्तामा कुनै निर्णय गर्न नेपाल सरकार र ऐनले तोकेको अन्य प्रचलित कानुन अनुसार सम्बन्धित निकायबाट स्वीकृत लिनुपर्ने कानुनी राय समेत प्राप्त भएको र नेपाल सरकारबाट स्वीकृत प्राप्त भएको समेत नदेखिदा यो स्थानमा पाटी निर्माण गर्न अनुमति दिन नमिल्ने र समयफल्चा पाटी पुनःनिर्माण समितिको राय माग अनुसार आर्थिक सहयोग समेत दिन नमिल्ने निर्णय गरेको थियो ।

साउन १७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको आदेश विपरीत मेयर महर्जनले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरी समय फल्चा र्निर्माणको काम अघि बढाएको सहकारीको आरोप छ ।
यो आदेशमा मुल सडक र पैदलमार्ग यथावत कायम रहने गरी अर्थात सडक मापदण्ड विपरित नहुनेगरी निर्माण गर्न मिल्ने उल्लेख थियो । तर यो पाटी मुल सडकको ११ मिटरभित्र पर्छ । जहा अहिले बटुवा हिड्ने गरेका छन् ।
अदालतले त मुल सडक पेटीलाई असर नपर्नेगरी पाटी निर्माण गर्न आदेश दिएको थियो । यो आदेशलाई वङग्याएर मेयर महर्जनले पाटी शिलान्यास गरेको सहकारीको आरोप छ । यसअघि जिल्ला प्रशासन कार्यालय ,सडक विभाग र नापी कार्यालयले सडक मापदण्डभित्र पर्ने यो स्थानमा पाटी बनाउन नहुने पत्र महानगरपालिकालाई पठाएको थियो । महानगले पाटी निर्माण गर्न ३० लाख रुपिया विनीयोजन गरिसकेको छ ।
सर्वोच्चले दिएको आदेश, जिल्ला प्रशसन कार्यालयको पत्र र भुमीव्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको पत्र लुकाएर पहिला जहाँ पाटी थियो त्यही स्थानमा पाटी निर्माण गर्नुपर्छ भन्दै हिड्ने मेयर महर्जनलाई पाटी निर्माण गर्न शुरु गरे मानहानीमा मुद्धा दर्ता गर्ने तयारी भएका सहकारीले बताएकोे छ ।
मेयर महर्जनले सर्वोच्चको आदेशलाई अपब्याख्या गर्दै संस्थाका सम्पतिमा नोक्सान हुनेगरी डोजर चलाएको श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताएका छन् । उनले उच्च अदालतमा विचाराधिन मुद्धा किनारा नलाग्दै पाटी शिलान्यास गर्नु गलत भएको आरोप लगाए । भने मेयरको यो कार्यले कानुनको धज्जी उडाएको छ । यस विरुद्धमा कानुनी उपचारमा जानेछौ ।
सडक डिभिजन ललितपुरले ‘पार्टी समय फाल्चा सडकको केन्द्र विन्दुबाट ११÷११ मिटरभित्रको सरकारी जग्गाभित्र पर्ने भएकाले यो स्थानमा पाटी बनाउन नमिल्ने उल्लेख छ । सडक डिभिजनले निर्णय अवज्ञा गरे सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिन समेत चेतावनी दिएको छ । बिहीबार पाटी शिलान्यास गरेका छन् ।
तर मेयर महर्जनले भने प्राचिन स्मारकहरुका हकमा कुनै कानुनले नछुने बताएका छन् । उनले भनेका छन् मैले जे गरेको छु विधि सम्बत र सवोच्चको आदेशक अनुसार गरेको छु ।

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।