२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कपनमा घरको छतबाट लडेर युवतीको मृत्यु



२७ भदौ ०७८,काठमाडौं । काठमाडौंको कपनमा छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका १२ कपन जम्दार चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक घरभएकी ३० वर्षीया राधिका बानिया परियारको घरको छतमा लुगा सुकाउने क्रममा छतबाट चिप्लिएर तल खस्दा आइतबार बिहान मृत्यु भएको हो ।
लडेर गम्भीर घाइते भएकी उनको हेल्पिङ ह्‍यान्ड अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।