७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कागेश्वरी मनहरा बस्ने कार्की बैंकिङ कसुरमा पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२९ भदौ ०७८,काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ७ काँडाघारी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० घर भएका ३९ वर्षीय दिपक कार्की रहेका छन् । उनलाई उच्च अदालत पाटन ललितपुरको २०७६ फागुन १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद तथा ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काडाँघारीबाट पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।