१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको कालिमाटी र भिमसेनगोला नजिकै २ पुरुष मृत फेला




३० भदौ ०७८,काठमाडौं । बुधबार काठमाडौंको कालिमाटी र भिमसेनगोलानजिक एक एक जना पुरुषहरु मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १३ कालिमाटी शालिक चोकमा धादिङ महादेवबेसी गाउँपालिका ८ बस्ने ५० वर्षीय राम शरण कुँवर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
साथै काठमाडौं महानगरपालिका ३१ पञ्चकुमारी मन्दिर नजिक खाली जग्गामा विग्रिएर पार्किङ गरी राखिएको बा.१ ख ६७६२ नम्बरको गाडीभित्र हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । उनीहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ८ : ०८ बजे