१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुर ठिमीमा तिहारपछि मात्रै विद्यालय सञ्चालन : नगर प्रमुख श्रेष्ठ




१ असोज ०७८, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मध्यपुर नगर समितिको विहीबार आयोजना भएको दोस्रो अधिवेशनमा उनले अरु जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनुपर्ने बताएका हुन् ।
अठार वर्षमाथि उमेरकाले कोरोनाविरुद्धको भ्याक्सिन लगाए पनि १८ वर्षमुनिका बालबालिकामा तेस्रो लहरको कोभिडको जोखिम कायमै रहेको भन्दै उनले मध्यपुरथिमि नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिकाभन्दा पछि अन्तिममा मात्रै विद्यालय खोल्ने अनुमति दिने बताए ।
दशैँमा घर गएर आउनेहरुले थप कोरोनाको जोखिम बढाउने भन्दै उनले दशैँपछाडि विद्यालय सञ्चालनका लागि पूर्वाधारको तयारी गर्ने र कोरोना महामारीको अवस्था हेरेर मात्रै तिहारपछि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने बताका हुा् ।
नगरप्रमुख श्रेष्ठले भने, “सनकका भरमा विद्यालय सञ्चालन गर्दा कोभिडका कारण एउटा विद्यार्थीको मात्रै ज्यान गयो भने के हुन्छ ? त्यसैले भौतिकरूपमा विद्यालय सञ्चालन गरेपछि कुनै पनि विद्यार्थीको भौतिक क्षति नहुने गरी विद्यालय सञ्चालन गर्नुपर्छ अहिले विद्यालय खोल्न हतार नगरौँ ।” अहिले विद्यालयले पनि नाफा घाटा हेर्ने समय नभएको भन्दै उहाँले कोरोना भाइरसले कसैलाई पनि नचिन्ने भएकाले भोलि हुने क्षतिलाई रोक्न आजै सचेत हुनुपर्ने आँैल्याए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल, प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठ, केन्द्रीय सह कोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष चन्द्र अधिकारीलगायतले अब मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्ने बताएका थिए ।
अधिवेशनले निलेश आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा शङ्करकर्ण कायस्थ, सचिवमा रत्नमान शङ्खदेव, कोषाध्यक्षमा सुमन बस्नेत तथा सदस्यमा आशाहरि प्रजापति, बुद्ध बाँडे, मनोज दीक्षित आचार्य, कृष्णहरि धवा श्रेष्ठ र अनिता श्रेष्ठलाई चयन गरेको छ ।
विहीबार नै सम्पन्न प्याब्सन भक्तपुर नगर अधिवेशनले रमेशचन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको सचिवमा शिवकुमार कोजु, कोषाध्यक्षमा चण्डिका कायस्थ, सदस्य विजेन्द्रलाल ध्वोँजु र प्रभातराज राई चयन गरेको छ ।
यस्तै आजै सम्पन्न चाँगुनारायण नगर प्याब्सनको अधिवेशनबाट राममणि न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको छ । समितिको सचिवमा राजेश दाहाल, कोषाध्यक्षमा कृष्ण गोपाल तिमिल्सिना र सदस्यमा यवती कार्की तथा राम निरौला चयन भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : २३ बजे