१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इन्द्रदहमा मेला, भक्तजनको भीड   



४ असोज ०७८, काठमाडौं ।  भाद्र शुक्ल पूर्णिमाका दिन साेमबार बिहानैदेखि काठमाडौंकाे पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका–१ मा रहेको इन्द्रदहमा मेला लागेको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्परानुसार आइतबार राति नै भक्तजन इन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए ।    आइतबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवी–देवताको पूजा आराधना गरेका छन् । चन्द्रागिरि–१ मा पर्ने यो धार्मिकस्थलमा प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन पुग्ने गरेका छन् ।
गत वर्ष कोरोना महामारीका लागि मेला स्थगन गरिएकामा यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिइएको नगर प्रमुख घनश्याम गिरीले बताए । मेलाका अवसरमा नगरपालिका–१, २ र ३ का विद्यालयलगायत कार्यालयमा स्थानीय पर्व बिदा दिइएको पनि उनले जानकारी दिए ।

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : ४६ बजे