१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानीलकण्ठमा करेन्ट लागेर एक श्रमिकको मृत्यु




५ असोज ०७८,काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा एक श्रमिकको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार नगरपालिका ३ रुद्रेश्वरमा ढल खन्ने क्रममा करेन्ट लागेर यसै नगरपालिका ४ पासिकोट बस्ने नुवाकोट घर भएका ४० वर्षीय प्रबिन तामाङको आइतबार साँझ मृत्यु भएको छ ।
प्रहरीका अनुसार ढलान फुटाउने मेसिनबाट करेन्ट लागि गम्भीर घाईते भएका उनको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ३६ बजे