१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महानगरको अनुदानपछि ८ वर्षदेखि रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन हुँदै



५ असोज ०७८, काठमाडौं । काठमाडौँ महानगरको अनुदानपछि ८ वर्षदेखि रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन हुने भएको छ । हरेक वर्ष यँया पुन्हीबाट सुरू भएर तीन दिनसम्म चावहिल, जय बागेश्वरीलगायतका नौ ठाउँमा नाच प्रदर्शन गर्ने गरिन्छ ।

काठमाडौं महानगरपालिका–७ चारूमती विहारमा २०७० सालमा प्रदर्शन भएको नाच त्यसपछि ४ असोज २०७८ चारुमती विहारमा प्रदर्शन गरिएको थियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नाचमा बजाइने वाद्य सामग्री गुठीयारलाई दिएर नाच शुभारम्भ गरेका थिए ।

विहारमा नाच्नुअघि चावहिल स्तुपनजिक रहेको नास द्यः (नाचका देवता) को पूजा गरेर नाच सुरु गरिएको थियो । यो पूजा जयबागेश्वरीका गुरुजुले गराउने चलन छ । नाच मंगलबार बेलुका साढे ६ बजे जयबागेश्वरी मन्दिरमा परिसरमा नचाइनेछ । यो नाच पशुपति क्षेत्रमा रहेको अमालकोट कचहरीले सञ्चालन गर्ने गरेको थियो ।

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ४७ बजे