१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोञ्ज्योसोम गाँउपालिकाले थरको पछाडि तामाङ लेखाउन निकाल्यो सूचना




ललितपुर खबर
६ असोज ०७८, ललितपुर । तामाङ समुदायको पहिचानका लागि कोञ्ज्योसोम गाँउपालिकाले सूचना नै प्रकाशित गरेर थरको पछाडि तामाङ लेख्न आग्रह गरेको छ ।
दक्षिण ललितपुरको तामाङ समुदायको बाहुल्य रहेको गाँउपालिका कोञ्ज्योसोम गाँउपाकिलकाले जनगणना २०७८मा खट्टिइ आएका गणकहरुलाई नाम टिपाउदा हरेक तामाङ जातीले आफ्नो नाम र थरको पछाडि तामाङ लेखाएर पहिचान दिन आग्रह गरेको हो ।


गाँउपालिकाका अध्यक्ष गोपिलाल सिंतानद्धारा हस्ताक्षरित सूचनामा थरको पछाडि तामाङ लेखाई पहिचान सुनिश्चित गर्न भनेका हुन् ।
यस गाँउपालिकाका झण्डै ८३ प्रतिशत तामाङ समुदायको बसोबास छ । २०७३ सालको स्थानीय निर्वाचनमा दुई तिहाई जनप्रतिनिधिले यस पालिकाबाट स्थानीय निकायको निर्वाचनमा विजय प्राप्त गरेका थिए ।
कोञ्ज्योसोम गाँउपालिकाको नामाङ्करण पनि तामाङ भाषा भाषीकै प्रतिनिधित्व गरेर राखिएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ०० बजे