१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


तीनकुने पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनलाई करिब ५ करोड जरिवाना



६ असोज ०७८, काठमाडौँ । काठमाडौं तीनकुनेमा रहेको पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनलाई करिब ५ करोड जरिवाना गरिने भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पु कन्स्ट्रक्सनलाई करिब ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।
बुधबार एक सूचना निकाल्दै आयोजनाले हिसाब फरफारकका लागि कम्पनीका आधिकारिक व्यक्तिले कम्पनीको छाप र परिचयपत्रसहित सात दिनभित्र कार्यालयमा सम्पर्क राख्न भनेको छ।

असार २२ गते लगायत विभिन्न मितिहरुमा हुलाकमार्फत पत्राचार गर्दा ठेगाना फेला नपरेको भन्दै फिर्ता आउने गरेको सूचनामा उल्लेख छ।आयोजना र कम्पनीका बीचमा डिजाइन्ड एण्ड बिल्ड प्रक्रियाबाट नेटवर्क आर्क ब्रिज निर्माण गर्न २०७१ पुस ४ मा सम्झौता भएको थियो।

कम्पनीले करार दायित्व पुरा गर्न नसकेकाले २०७६ मंसिर ३ गते खरीद सम्झौता अन्त्य गरिएको थियो। गुणस्तरहीन काम गरेपछि आयोजनाले ठेक्का रद्द गरेको हो।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ५२ बजे