ललितपुर खबर
९ असोज ०७८, चापागाँउ । वागमती प्रदेश स्वास्थ्य मन्त्री प्रदिप कुमार कटुवाल र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायत जनप्रतिनिधि शुक्रबार ललितपुरको चापागाँउको हिलाम्मे सडकमा यात्रा गरे । बज्रवाराहीस्थित बज्रवाराही चापागाँउ अस्पतालको पिसिआर परिक्षण प्रयोगशालाको शुभारम्भ कार्यक्रमस्थलको हिलाम्मे बाटो पार गर्ने अप्ठ्यारो परिस्थिती मन्त्री र मेयरले झेल्नु परेको हो ।
गोदावरीका मुल सडक मात्रै होइन भित्रि सडक पनि हिलाम्मे र धुलाम्मे छन् । समृद्ध नगरपालिकाको नारा धन्काउदै आएको यस नगरपालिकाले केन्द्र सरकारले जिम्मेवारी लिएको सडक नबनेको भन्दै आक्रोस पोख्ने गरे पनि अरु सडकको अवस्था देखेको नदेखेको जस्तो गरेको भन्दै नगरबासी आक्रोसित छन् ।
प्रतिक्रिया