७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कागेश्वरी मनोहराबाट एक लाख बढी रकमसहित ९ जुवाडे पक्राउ



९ असोज ०७८, काठमाडौं ।काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ ठूलाढिकबाट ९ जुवाडे पक्राउ परेका छन्।
शनिबार दिउँसो २ बजे प्रहरीले प्रदीप खड्काको घरबाट जुवाडेहरू पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पकेराउ पर्नेमा कागेश्वरी मनोहरा–१ का दिनेश खड्का, सञ्जय तामाङ, विश्व खड्का, आशिक लामा, हर्कबहादुर तामाङ, शिवहरि खड्का, चक्रपथका दिनेश तामाङ र अर्जुन तामाङ रहेका छन् । जुवा अखडाबाट एक लाख ७ हजार १५० रुपैयाँ बरामद भएको परिसरले जनाएको छ।

यस्तै, गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँ भेनसमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी घर भएका ५४ वर्षीय धनकाजी तामाङको कोठामा तास खेलिरहेको अवस्थामा पाँच जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार २ सय २५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।