६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोना परिक्षणमा बढी पैसा लिएपछि ललितपुर प्रशासनले सुमेरु अस्पताललाई तिरायो २० हजार जरिवाना




११ असोज ०७८, ललितपुर । नजिकिदै गरेको दशैंलगायत चाडपर्वको अवसरमा बजार अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरले सुमेरु सिटी अस्पताललाई कारवाही गरेको छ । सहायक जिल्ला प्रमुख अधिकारी ललितकुमार बस्नेतका अनुसार ललितपुरको पुल्चोकस्थित सुमेरुसिटी अस्पताललाई २० हजार जरिवाना तिराइएको हो । अस्पतालले कोरोना परिक्षणको क्रममा एन्टिजेन परिक्षष गर्दा तोकेभन्दा धेरै शुल्क लिएको भन्दै ठाँउको ठाँउ २० हजार जरिवाना लिएको हो ।
प्रशासन कार्यालयले पुल्चोक क्षेत्रमा सञ्चालित लेभल थ्रि,रेडहाउस पिज्जा, र डल्ले रेष्टुरेष्टलाई पनि कारवाही गरेको छ । यी रेष्टुरेन्टहरुले दर्ता नविकरण नगरेको र मूल्यसूचि नराखेको भन्दै लेभल थ्रिलाई ५ हजार र रेड हाउस र डल्लेलाई १० हजार जरिवाना गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।