११ असोज ०७८, इमाडोल । उत्तर पुर्व ललितपुरका नवनियुक्त नगरप्रहरी महालक्ष्मी नगरपालिकाभित्र बोर्ड र पोस्टर हटाउन थालेका छन् । नगरपालिकाले भर्खरै गठन गरेको नगरप्रहरीे सहरको सौन्दर्यतालाई जीवितै राख्न काममा निस्किएका हुन् ।
३० दिने आधारभूत तालिमको दीक्षान्त सकिए लगत्तै उनीहरु काम निस्केका हुन् । नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले ग्वार्को लामाटार सडकमा राखिएका निर्माण सामाग्री समेत हटाउने बताए । उनीहरुले विद्युत र टेलिफोनलगातका पोलहरूमा राखिएका फ्लेक्स बोर्ड र टाँसिएका पोष्टरहरू हटाउने छन् ।
नगरप्रहरी नियुक्त भएपछि नगरभित्र सडकमा अवरोध गरेर राखिएका निर्माण सामाग्रीहरु उठाएर विग्रेका सडकका खाल्टा खुल्टी पुर्ने योजना रहेको ललितपुर खबरलाई बताए ।
नगरपालिकाले १ जना नगरप्रहरी नायव निरीक्षक, २ जना नगरप्रहरी सहायक निरीक्षक र ११ जना नगर प्रहरी जवान सहित जम्मा १४ जना नगर प्रहरीलाई करार सेवामा नियुक्त गरेको थियो ।
११ आश्विन २०७८, सोमबार
0
Shares
प्रतिक्रिया