३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोप



११ असोज ०७८, काठमाडौं । काठमाडौंमा सोमबारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको छ ।

तीन दिनसम्म चल्ने खोप कार्यक्रम अन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन थालिएको हो । काठमाडौंका १२ वटा स्थानीय तह र सात अस्पतालवाट खोप उपलब्ध हुनेछ ।

स्थानीय तहका स्वास्थ्य कार्यालय बाहेक नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामति कर्मचारी अस्पताल, परोपकार प्रसुती अस्पताल र वीरेन्द्र सैनिक अस्पतालवाट पनि खोप उपलब्ध हुनेछ ।

स्वास्थ्य कार्यालय काठमाडौँले खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने जनाएको छ । खोप अभियान आगामी १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।