१२ साउन ०७८, ललितपुर । ललितपुरका सरकारी निकायहरुमा कार्यालयमा सूचना अधिकारीहरुको नाम र तस्विर स्प्रष्ट रुपमा देखिने गरी राख्ने व्यवस्था गर्ने भएको छ ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा गरिएको निर्णय अनुसार हरेक महिना जिल्लामा क्रियाशिल पत्रकार र महासंघ शाखाका पदाधिकारी र जिल्लास्थित सरकारी निकायका सूचना अधिकारी सहभागी भई छलफल गरिने भएको छ ।
बैठकको निर्णय अनुसार सबै सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुको नाम जिल्ला प्रशासनमा संकलन गर्ने,वेधसाइटमा प्रकाशन गर्ने,फेसबुक पेज र वेभ साइट व्यवस्थित गर्ने निर्णय भएको छ ।
सूचनाको हकसम्बन्धि ऐन २०६४ अनुसार माग भइआएका सूचना माग र प्रभाह भएका रेकर्ड राख्ने, सरोकारोकार वाला निकायले सझिलै पाउनसक्ने व्यवस्था समेत गर्ने बैठकले निर्णय गरेको छ ।
१२ आश्विन २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया