२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं बानेश्वरबाट बलात्कारको आरोपमा श्रीमान र श्रीमती पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१२ असोज ०७८, काठमाडौं । ३८ वर्षीया महिलालाई बलात्कार (जबरजस्ती करणी) गरेको अभियोगमा काठमाडौं महानगरपालिका १० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ बिराटनगर उपमहानगरपालिका १७ घर भएका ३९ वर्षीय निरज शर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार निरज र उनकै श्रीमती ३८ वर्षीया नितु शर्मा समेतले आफ्नै कोठामा ती महिलालाई बन्धक बनाई राखेकोमा निरजले बलात्कार समेत गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएकोे छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।