१२ असोज ०७८, काठमाडौं । कपनबाट चार वर्षीय बालक पियुष शर्मा सम्पर्कविहीन भएका छन् । कपनमा मिस्त्री काम गर्दै आएका विनोद शर्माले छोरा सम्पर्कविहीन भएको भन्दै उजुरी दिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई आफन्तले लगेका हुन सक्ने र ती आफन्तको मोबाइल पनि घरमै छ । हालसम्म उनले फिरौती वा अन्य कुनै माग राखेर परिवारलाई सम्पर्क गरेका छैनन् । उनीहरुबीच रिसिइबी रहेनरहेको पनि खुलेको छैन ।
१२ आश्विन २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया