ललितपुर खबर
१४ असोज ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती ५ वडा कार्यालयमा गाँउपालिकाका अध्यक्षका कार्यकर्ता रहेका निर्माण व्यावसायीले ताला लगाइदिएका हुन् ।
गतआर्थिक वर्ष २०७६÷०७७ मा इकुडोलको देवीथान– तिनघरे सडकखण्डको मर्मतका लागि गाउँपालिका अध्यक्षको निर्देशनमा गरिएको कामको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी रमेश गौतमले बुधबार ताला लगाइदिएका हुन् ।
गाँउपालिकाले भुक्तानी नदिएको विषयमा वडा कार्यालयमा ताला बन्दी गरिदिएपछि वडाध्यक्ष साजन दर्लामी भने असुन्तुष्ट छन् । दर्लामीले तालाबन्दीको विषयमा गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चनलाई जानकारी दिएको र चाडै तालाबन्दी खोल्ने अपेक्षा गरेको बताएका छन् । तालाबन्दीबाट सर्वसाधारणमा असर परेकोमा माफी माग्दै उनले यसबाट उत्पन्न परिस्थितीको जिम्मा अध्यक्षलेलिनु पर्ने प्रतिकृया दिएका छन् ।
गाँउपालिकासँग सरोकार रहेको विषयमा वडामा आएर रिस पोख्नुको कुनै तुक नभएको वडाध्यक्ष दर्लामीले प्रतिकृया दिए । उनले गाँउपालिकामा राजनीति भइरहेको भन्दै पटकपटक बैठक बसेर भुक्तानी दिने सहमति गरे पनि सहमति कार्यान्वयन नभएको बताए ।
गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले यस विषयमा आफूलाई यस विषयमा केही थाहा नभएका बताएका छन् ।
वागमती गाँउपालिकामा विकाश निर्माणका क्रममा धेरै मौखिक सहमतीको आधारमा काम गर्ने हुँदा यस्तो समस्या आउने गरेको एक निर्माण व्यावसायी बताए । उनले नाम ाबताउने शर्तमा भने, पहुच हुनेले जसरी पनि पैसा लिन्छ । नहुनेले काम गरेको पैसा चिच्चाउदा पनि पाउदैन । यहाँ यस्तै छ ।
उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद धिमाल भने गाउँपालिकाले यस सडकका लागि कुनै सम्झौता नगरेको बताउछन् । पालिका अध्यक्षले सम्झौता गर्न नमानेकोले अहिले भुक्तानी नभएको उनको भनाई छ ।
१४ आश्विन २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया