१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मी नगरले घरमै गएर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने



१४ असोज ०७८, ललितपुर । ललितपुरको महालक्ष्मी नगरले जेष्ठ नागरिकहरुको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने भएको छ । नगरपालिका मेयर रामेश्वर महर्जनले
“बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा“ भन्ने नाराका साथ ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुका लागि प्रत्येक महिना घरदैलोमै गई रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिने भन्ने महालक्ष्मी नगरपालिका ललितपुरको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम बमोजिम ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम विहीबारबाट शुभारम्भ घोषणा गरेका हुन् ।

म्ेयर श्रेष्ठले ज्येष्ठ नागरिक समाजको आदरणीय अङ्ग हुनुभएकाले उनीहरूप्रति सधै सबैले उच्च सम्मान प्रकट गर्नुपर्नेमा जोड दिए । मेयर श्रेष्ठले नगरका सबै ज्येष्ठ नागरिकको प्रतिनिधित्व गर्दै कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै उनीहरूको दिर्घायु र सुस्वास्थ्यको कामना गरे ।
ललितपुरको महालक्ष्मी नगरपालिकाल ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको पुर्वसन्ध्यामा “बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा” भन्ने नाराका साथ बुधबार “ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रम” आयोजना गरेको बताइएको छ ।

कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ श्री हेमकुमारी विष्टको विशेष आतिथ्यता रहेको यस कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं १, २, ३, ५, ६, ८ र ९ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरू, प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलसहित नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो ।
कार्यक्रममा १० वटै वडाका २ जना ज्येष्ठ पुरुष र २ जना ज्येष्ठ महिला गरी ४० जना ज्येष्ठ नागरिकहरूको मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मीहरूबाट रक्तचाप, मधुमेह, नाडीको गति, अक्सिजन लेभल लगाएतका सामान्य स्वास्थ्य परीक्षण पश्चात आवश्यक औषधी वितरण गरी ज्येष्ठ नगारिक स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरूलाई खादा र कम्वल वितरण गरी नगर प्रमुखज्यू र उपप्रमुखज्यूबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर उप्रमुख श्री निर्माला थापाज्यू, सबै वडा अध्यक्षहरूको प्रतिनिधित्व गर्दै वडा नं ९ का वडा अध्यक्ष वासुदेव शर्मा गौतमले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको मर्म र उद्देश्यमाथि प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाले प्रकाश पारे । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अन्तर्गत नगरका प्रत्येक ज्येष्ठ नागरिकहरूको हरेक महिना घरदैलोमै गई रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गर्ने गरी महालक्ष्मी नगरपालिकाको नियमित स्वास्थ्य सेवाका रूपमा सञ्चालन गरिने बताइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ५ : ४३ बजे