१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका पत्रकार केदार बनेपाली सम्मानित



१७ असार ०७८, भक्तपुर। किपाःग्राफी भक्तपुरले  पुराना पत्रकार केदार बनेपाली फोटोग्राफी गौरव सम्मानबाट सम्मान गरेकाे छ । सम्पदा संरक्षणका लागी फोटोग्राफी भन्ने नारा लिई स्थापित किपाःग्राफी भक्तपुरले उनलाई सम्मान गरेको हो । आफ्नो स्थापनाको छैठौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा छैठौं वार्षिकोत्सव समारोह एवं पुरस्कार वितरण तथा फोटोग्राफी सम्मान—२०७८ कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो ।

किपाःग्राफी भक्तपुरले विगत ६ वर्षदेखि प्रत्येक वार्षिकोत्सव कार्यक्रममा नेपालका एक पुराना एवं वरिष्ठ फोटोग्राफरलाई योगदानको कदर स्वरुप फोटोग्राफी गौरव सम्मानबाट सम्मानित गर्दै आएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।