२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रहरीलाई गाली गरेर टिकटक बनाएपछि ललितपुर ग्वार्कोबाट पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१७ असोज ०७८,ललितपुर । प्रहरीलाई अश्लिल शव्द प्रयोग गरी टिकटक बनाएको आरोपमा ललितपुर ग्वार्कोबत्राट एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १७ ग्वार्को चोकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय रोमन श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोबाट ड्युटीमा खटिएको प्रहरीलाई अश्लिल शब्द प्रयोग गरी भिडियो बनाई टिकटकमा राखेपछि उनलाई प्रहरीले पक्राउ गरेका जानकारी दिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।