१९ असोज ०७८, ललितपुर। चाडपर्व नजिएसँगै जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन तीव्र पारेको छ । ललितपुरका प्रजिअ ललितकुमार बस्नेतको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ ललितपुर शाखा, उपभोक्ता मञ्च ललितपुर, नेपाल पत्रकार महासंघ ललितपुर शाखा, महानगरीय प्रहरी परिसर जवलाखेल, तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा सोमबार बजार अनुगमन भएको छ ।
उक्त अनुगमनका क्रममा सुमेरु सिटी हस्पिटल पुल्चोक, बिग मार्ट मान भवन, जेसवाल स्टोर, गुलाब र भाटभटेनी पाटन, एरोमा हिमालय कफी प्रालि लगनखेल, रोडहाउस पिजरिया, कफी बगान लगनखेल, डल्ले रेस्टुरेन्ट प्रालि पुल्चोक, मःम हव पाटन (भाटभटेनी परिसर), नेवारी किचन पाटन, डोको फुड पाटन, हाउस अफ मःम (भाटभटेनी परिसर), सर्किना टेडर्स, जे यस लिक्वर्स शप नखिपोट, कृष्ण स्टोर गोदावरी, कृष्ण स्टोर चापागाँउ, पीवीएन गोदावरीलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
चाडपर्वको बेलामा पसलमा ग्राहक र उपभोक्ताको भीड बढेको मौका छोपेर ठगी गरिएको पाएपछि बजार अनुगमन गरी ती फर्महरूलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
प्रतिक्रिया