२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा १८ बर्षमाथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइदै




ललितपुर खबर
२० असोज ०७८, ललितपुर । ललितपुर महानगरले आजदेखि १८ बर्षभन्दा माथिका सबैलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउने भएको छ ।
महानगरले आफ्ना २९ वटै वडामार्फत चिनिया खोप भेरोशिलको पहिलो खोल लगाउने तालिका सार्वजनिक गरेको हो ।
खोप लगाउन उमेर खुल्ने परिचय पत्र भने लिएर आउनु पर्नेछ । खोप लगाउने तालिका विहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।खोप आज बुधबार, विहीबार र पर्सी शुक्रबार लगाउने कार्यतालिका छ ।
महानगरमा बस्ने विदेशी नगरिकले पासपोर्ट वा राष्टियता खुल्ने कागजपत्र लिएर खोप केन्द्र आउन सक्ने महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले सूचना जारी गरेर जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।