१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनका बाराहीलाई कोरोयाको झाञ्जु अन्तराष्टिय अवार्ड प्रदान




२२ असोज ०७८, काठमाडौं । मच्छिन्द्रनाथ काष्ठकलाका नाइके तथा ललितपुर पाटनका शिल्पी दिलकुमार वाराही अमूर्त सांस्कृतिक सम्पदासम्वन्धी अन्तराष्टिय अवार्डबाट विभुषित गरिएको छ । वाराहीलाई दक्षिण कोरियाको झाञ्जु नगरले झाञ्जु अन्तराष्र्टिय अवार्ड प्रदान गरेको हो । कोरोनाका कारण अनलाइन कार्यक्रमबीच बिहीबार अवार्ड प्रदान गरेको थियोे ।
दक्षिण कोरियाको झाञ्जु नगरले संसारभरका अमूर्त सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्दै आएको छ । यसवर्ष भने नेपाल, इटली र ताजिकिस्तानले प्राप्त गरेका छन् । झाञ्जु नगरका प्रमुखले भौतिक रुपमै अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको भएपनि कोरोनाका कारण भर्चुअल कार्यक्रमबीच अवार्ड प्रदान गरेको वाराहीले जानकारी बताए । अवार्डको राशी १० हजार अमेरिकी डलर रहेको छ । वाराहीले विगत ५५ वर्षदेखि मच्छिन्द्रनाथको काष्ठकलासम्वन्धि काम गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।