८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा आज विद्युत अवरुद्ध हुँदै




ललितपुर खबर
२३ असोज ०७८, चापागाँउ । आज ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण ललितपुरका अनुसार ललितपुरको चक्रपथ अन्र्तगत महालक्ष्मीथान, थसीखेल, एकान्तकुना, नख्खिपोट, मिलनचोक, कान्तिपुर कोलोनी, रानीबु, शोभाहिती, तल्चिखेल, तिखेदेवल क्षेत्रमा बुश कटिङका लागि विहान ८ बजेदेखि साडे १० बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।
साथै ११ बजेदेखि ५ बजेर ३० मिनेटसम्म गोदावरी फिडरमा समेत विद्युत अवरुद्ध हुदैछ । यसबाट गोदावरी क्षेत्रका विभिन्न स्थानमा बत्ती बल्नेछैन ।

साथै महालक्ष्मी नगर र चापागाँउसहित दक्षिण ललितपुरमा समेत विद्युत् अवरुद्ध हुँदैछ ।  यस क्षेत्रमा ८ बजेदेखि महालक्ष्मी नगर र चापागाँउसहित दक्षिण ललितपुरमा समेत विद्युत् अवरुद्ध हुँदैछ । यस क्षेत्रमा भने समय सिमा नतोकी काम नसकुन्जेल सम्म विद्युत अवरुद्ध हुने प्राधिकरणको भनाई छ ।

यसबाट महालक्ष्मीथान नगरका विभिन्न क्षेत्रहरु, ललितपुर महानगरको थसीखेल, एकान्तकुना, नख्खिपोट, मिलनचोक, कान्तिपुर कोलोनी, रानीबु, शोभाहिती, तल्चिखेल, तिखेदेवल, लगायत र गोदावरी नगरको चापागाउ, लेलेसहित दक्षिण ललितपुर सम्पूर्ण क्षेत्रहरुका विद्युत अवरुद्ध हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।