२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


राजेश हमालका कारण काठमाडौंमा पराजित भयौं : केशव स्थापित



२४ असोज ०७८, ललितपुर । काठमाडौंका नेता केशव स्थापितले नायक राजेश हमालको कारण काठमाडौंको एक वडामा निर्वाचनमा पराजित हुनु परेको भन्दै दुखेसो पोखेका छन् ।
ललितपुरका शनिबार आयोजित एक कार्यक्रममा नेता स्थापितले गएको ७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नायक राजेश हमाल माधव नेपालकोमा गएर म आफै प्रचारमा लाग्ने भन्दै आश्वसन दिएर निर्वाचन लड्न प्रतिनिधि पठाएको तर प्रचारको बेला सुटिङमा गएकाले निर्वाचनमा हार्नु परेको बताएका हुन् । नेता स्थापितले ती को प्रतिश्पर्धी थिए भन्ने विषयमा नखुलाए पनि हमालप्रति गुनासो पोखेका थिए ।


नेता स्थापितले आउँदो निर्वाचनमा हजार वटा उपाय लगाएर हराउने अनि जितको सुनिश्चित गर्नुपर्ने बताए । उनले पार्टीमा माधव नेपाल,मावदेव र प्रचण्डलाई भाग बाड्नु पर्दा निर्वाचन आर्नु परेको भन्दै दुखेसो व्यक्त गरे । त्यसबेला एमालेले काठमाडौंमा १८ वटा वडा जितेको थियो भने १४ वटामा पराजित भएको थियो

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : १७ बजे