१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको गोदावरी नगरमा सडक बत्ती जडान हुँदै



 


ललितपुर खबर
२४ असोज ०७८, ललितपुर । मध्य ललितपुरकोगोदावरी नगरमा सडक बत्ती जडान गरिने भएको छ ।
उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालका अनुसार नगरपालिकाको ४० र मन्त्रालयको ६० प्रतिशत लगानीमा सडक बत्ती जडान गरिन लागेको हो ।
ललितपुरको ठेचोमा शनिबार आयोजित कार्यक्रममा सहभागी मन्त्री भुसालले विधिवत निर्णय भई नसके पनि प्रकृया भने अद्दि बढेको बताइन् । उनका अनुसार दशै लगत्तै निर्णयपछि सडक बत्ती राक्ने काम सुरु हुन्छ ।
ललितपुरको हरिसिद्धि सडक अन्र्तगत ठैव गोदावरी, ठेचो चापागाँउ, टिकाभैरव लेले क्षेत्रमा सडक बत्ती जरुरी छ ।
पछिल्लो समय माथिल्लो तामाकोशी जलविद्युत आयोजना पुरा भएसँगै विद्युत् प्राधिकरणसँग यथेष्ट विद्युत छ । यही विद्युत् विभिन्न स्थानीय निकायसँग सम्झौता र लगानीको आधारमा सरकारले नेपालमै खपत गरिरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।