१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको घुसेलबाट बलात्कारको आरोपमा सत्याल पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२५ असोज ०७८,ललितपुर । ललितपुरको घुसेलबाट एक युवक बलत्कारको आरोपमा पत्राउ परेका छन् ।
ललितपुर प्रहरीका अनुसार ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका १ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई घर बनाउने काम दिलाएको सत्यालले खाना बनाउने ठाउँमा आई एक्कासी जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त चापागाउँमा प्राप्त हुनासाथ प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।