२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बडिखेलमा दशअघि विपन्न परिवारका २ सय २३ जनालाई राहत




२५ असोज०७८, बडिखेल । गोदावरी नगरपालिका ४ बडिखेलका २ सय २३ जनालाई दसैँको अवसर पारेर राहत वितरण गरिएको छ । रिड नेपाल तथा शान्त्ति भोलेन्टियर एसोसिएसनको आर्थिक सहयोगमा आज सोमबार समुदायमा कोरोनाले पु¥याएको असरलाई दृष्टिगत गरी खाद्यान्नलगायत पौष्टिक आहारका साथै स्वास्थ्य सामग्री समेत वितरण गरिएको थियो ।
गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रका अध्यक्ष वशिष्ठ अधिकारीले अति विपन्न १०२ वडावासीलाई खाद्यान्नका साथै बाँकी १२१ महिला तथा अपाङ्गता भएका व्यक्ति, विपन्न, गरिब तथा दैनिक ज्यालादारी गर्र्ने गर्भवती, सुत्केरीका साथै ज्येष्ठ नागरिकलाई एक क्रेट अण्डा, हर्लिक्स, मास्क र स्यानिटाइजर वितरण गरिएकोे बताएका छन् । उनले भने, “हिन्दूहरुको महान पर्व दसैँमा कसैले पनि भोकै बस्नु नपरोस् भनी सहयोग गरेका हाँै ।” योे सामग्रीले दसैँभर गरिबको भान्छा टर्ने अधिकारीको धारणा छ ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आसन्न नेपालीको महान पर्वमा गरिबका साथै दुःखीले आर्थिक अभावका कारण रुनु पर्ने अवस्थाको अन्त्य भएको दाबी गरेका छन् । उपप्रमुख मुना अधिकारीले गर्भवती तथा सुत्केरीका साथै ज्येष्ठ नागरिकको हितमा स्थानीय सरकारले समेत सकारात्मक भूमिका निर्वाह गरिरहेको बताइन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : २१ बजे