३१ असोज ०७८,ललितपुर । आज आइतबार बिहानै भुकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ९ मिनेट जाँदा भुकम्प गएको हो । गोरखा केन्द्रविन्दु भएको यस भूकम्प ४.३ रेक्टर स्केलकोे थियो ।
०७२ वैशाख १२ गतेपछि हजारौं भुकम्पको धक्का गइरहेको छ । केन्द्रका अनुसार पछिल्ला धक्काहरु ०७२ सालको भुकम्पका पराकम्पहरु हुन् ।
यो समयमा धेरै पराकम्पहरु काठमाडौं नजिकका केन्द्रविन्दु हुने गरेका छन् । केही भुकम्पका धक्काहूरु नेपालको पश्चिमी क्षेत्रमा समेत महसुस हुने गरेको छ ।
३१ आश्विन २०७८, आइतबार
0
Shares
प्रतिक्रिया