२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रजातान्त्रिक आन्दोलनका योद्धा कायस्थको निधन




३१ असोज ०७८, चापागाँउ । प्रजातान्त्रिक आदोलनका योद्धा तथा ललितपुर चापागाँउका निवासी कलाकार सुनन्द मेयर कायस्थको निधन भएको छ । कलाकार सरिता राजोपाध्यायका अनुसार गतशनिबार पाटन अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
उनका अनुसार २०४२ सालको प्रजातान्त्रिक आन्दोलनको क्रममा सत्याग्रहमा सहभागी स्व.कायस्थले ६ महिना जेल सजाय समेत भोगेका थिए ।
उनी लामो समयदेखि फोक्सोका विरामी थिए । अहिलेसम्म कुनै पनि राजनीतिक लाभ नलिएका स्व.कायस्थको पछिल्लो समय उहाँको आर्थिक अवस्था ज्यादै कमजोर थियो ।
ललितकलाका सिद्धहस्त स्व.कायस्थले कुसुमे रुमाल र जीवनरेखाको पोष्टर समेत बनाएका थिए । केही समयअघिसम्म स्व. कायस्थले ललितपुरको चापागाउमा आर्ट सेन्टर चलाइरहेका थिए ।
केही समयअघि पाटन अस्पतालका डाक्टरले ९० प्रतिशत कलेजो विग्रेको जानकारी दिएको राजोपाध्यायले बताइन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : ४५ बजे