३ कार्तिक ०७८,काठमाडौं । काठमाडौंको दक्षिणकालीमा एक पुरुष मृत अवस्था फेला परेका छन् ।
प्रहरीका अनुसार मंगलबार बिहान घरभित्र ती पुरुष अृत अवस्थामा फेला परेको हुन् । मृत व्यक्ती सोलुखुम्बु घर भएका ५२ वर्षीय प्रीतिकुमार राई रहेको प्रहरीको भनाई छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुनसक्ने देखिएको छ ।
उनको टाउकामा गम्भीर चोट लागेको छ। त्यसैले हत्या भएको हुनसक्ने देखिन्छ। थप अनुसन्धान गरिरहेको छौँ,’ एक प्रहरीले बताए ।
प्रहरीको भनाईमा उनीसँगै कोठामा बस्दै आएका अर्का साथी भने फरार भएका छन्। प्रहरीले ४५ वर्षीय पासाङ शेर्पाको खोजी गरिरहेको छ। उनीहरू मजदुरी गर्दै आएका थिए। बिहान ७ बजेतिर घरधनीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया