२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनमा ठेचो नवदुर्गा नाच सम्पन्न



४ कार्तिक ०७८,ललितपु्र । ललितपुरको पाटन मूलचोकमा मनाइने ठेचो नवदुर्गा नाच सम्पन्न भएको छ । नवदुर्गा नाच सम्पन्न भएसँगै नेपालीहरूको महान् चाड दसैँ पनि सकिएको मानिन्छ ।
ठेचो नवदुर्गा नृत्य वर्षमा दुई पटक दसैँ र योमरी पुन्हीको समयमा गरिन्छ भने गएको वर्ष कोभिडको महामारीका कारण गरिएको थिएन ।
यस नृत्य समूहमा भैरव, सिमा, धुम्बा, भगवान् गणेश, वाराही, चामुण्डा, भ्रामायनी, महेश्वरी, वैष्णवी, कुमारी र इन्द्रायणीको मुखौटाले सजिएका ११ जना नर्तकहरू हुन्छन् भने भेडा र राँगोको बलि दिइने चलन छ ।
यस समूहले नाच्ने नाचको अन्य स्वदेशी नृत्यहरू सिक्ली नाच (खोखाना), अजिमा नाच (काठमाडौं), सप्त मातृका नाच र गटु प्याखान (कीर्तिपुर) र अस्ट मातृका नाच (ललितपुर)सँग समानता रहेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ६ : ३३ बजे