७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर एमालेका सबै वडामा सर्वसम्मत नेतृत्व, ललितपुर १८ मा निर्वाचन (सूचिसहित)



७ कार्तिक ०७८, चापागाँउ । एमाले ललितपुरको प्राय सबै वडा नेतृत्व सर्वसम्मत निर्वार्चित भएका छन् ।
नेकपा एमाले ललितपुरका सचिव पुरुषोत्तम आचार्यले ललितपुर महानगरको १८ नम्बर वडाबाहेक सबै ठाँउमा सर्वसम्मत नेतृत्व चयन भएको बताए । उनले भने धेरै ठाँउमा विधान अनुप कार्यसमिती बनेको थिएन । हामले नयाँ संविधानको प्रावधान बमोजिम बनाइएको विधान अनुसारको कार्यसमिती बनाएका छौं ।

कही कतै विधान बमोजिम ३३ प्रतिशत महिलाको सहभागिता नभएको अवस्थामा खाली राखेर पछि पूर्ति गरिने उनको भनाई छ ।
ललितपुर महानगरका पालिका अध्यक्ष मञ्जली शाक्यले ललितपुर महानगरमा वडाअधिवेशनका क्रममा निर्वाचन भएको बताइन् । उनले भनिन्,वडामा गोपाल डंगोल र शिवराम खड्काबीच प्रतिश्पर्धा भयो ।
महानगरमा वडा नम्बर चौधमा भने यसअघि नै अधिवेशन सम्पन्न भइसकेको थियो । यस वडामा पुस्कर श्रेष्ठको नेतृत्वमा कार्यसमिती बनिसकेको छ । नेकपा एमालेले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । केही दिनअधि आएको बाढी पहिरोका कारण अप्ठ्यारो परेको ठाँउबाहेकका बडामा अधिवेशनसँगै वडा स्तरमा नयाँ कार्यसमिती बनेको नेकपा एमालेले बताएको छ ।
वडाअधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलिले भचुअल माध्यमबाट गरेका थिए ।
ललितपुर जिल्लामा रहेका ६ ओटा स्थानीय तहका ७१ वटै वडामा एमालेको वडा अधिवेशनहरु सम्पन्न भए । बागमती गाउँपालिकाका ७ वडा, कोञ्ज्योसोम गाउँपालिकाका ५ वडा, महाङ्काल गाउँपालिकाका ६ वडा, गोदावरी नगरपालिकाका १४ वडा, महालक्ष्मी नगरपालिकाका १० वडा र ललितपुर महानगरपालिकाका २९ वडामा अधिवेशन सम्पन्न भई नयाँ कमिटि चयन भएका हुन् ।
कुन पालिकाका कुन वडामा कोको भए अध्यक्ष
महाङ्काल गाउँपालिकाको ६ वटा वडामा क्रमश जगन्नाथ दाहाल, वीर बहादुर लामा, कल्याण महत, प्रेम घिमिरे, विश्वराम घिमिरे मिठाराम जमकटेल निर्वाचित भएका छन् । दक्षिण ललितपुरको वागमती गाँउपालिकाको वडाहरुमा क्रमश १ नम्बर वडामा पुरुषोत्तम घिमिरे, २ नम्बरमा ज्ञान प्रसाद सापकोटा, ३ नम्बरमा रमेश सञ्जेल ४ नम्बरमा डम्बर बहादुर बाँनिया, ५ नम्बरमा अर्थमान बोम्जन,६ नम्बरमा रामशरण घिमिरे र ७ नम्बरमा होम प्रसाद बजगाईं निर्वाचित भए ।

दक्षिण ललितपुरकै कोञ्ज्योसोम गाउँपालिकाको १ नम्बरमा तावाङ लामा, २ नम्बरमा रोहन स्यङ्तान,३ नम्बरमा दुर्गा दाहाल, ४ नम्बरमा मान बहादुर स्याङ्तान र ५ नम्बरमा सानुकान्छा तामाङ निर्वाचित भए ।
गोदावरी नगरपालिकाको १ नम्बरमा नन्द श्रेष्ठ, २ नम्बरमा पुष्कर गिरी,३ नम्बरमा सन्तोष कुँवर,४ नम्बरमा बालमुकुन्द आचार्य, ५ नम्बरमा विनोद सिलवाल, ६ नम्बरमा कुमार खड्का, ७ नम्बरमा कृष्ण तामाङ्ग ८ नम्बरमा प्रल्लाद रानाभाट,९ नम्बरमा बल्लभ विष्ट,१० नम्बरमा प्रकाश केसी, ११ नम्बरमा दिपेन्द्र देशार,१२ नम्बर न्हुच्छे राम महर्जन,
१३ नम्बरमा बालगोपाल केसी र १४ नम्बरमा राम महर्जन निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।