२५ पुस २०८१, बिहिबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक लगेर बेचेको आरोपमा पक्राउ



७ कात्तिक ०७८, काठमाडौं । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक लगेर बेचेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीका अनुसार एक महिलालाई बेल्जियमा काम लगाईदिन्छु भन्दै बैंकक पु¥याई बेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका ४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्कालाई काठमाडौं सिनामंगलबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाई दिने, मासिक १ लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा ८ लाख ५४ हजार रुपैयाँ समेत लिई सन् २०१९ मे २२ मा भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुदै थाईल्याण्ड र कम्बोडियासम्म पु¥याई थाईल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त पर्विन्दर सिंह समेतले यौनशोषण गरी धम्की दिई मलेसिया लगि अलपत्र पारेकोमा आफन्तको सहयोगमा सन् २०२० मार्च १५ मा नेपाल फर्कन सफल भएकी पीडितको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले हालसम्म फरार रहेका राजेन्द्रलाई सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई मानब बेचविखन तथा ओसापसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  २ : ३२ बजे