८ कात्तिक ०७८, ललितपुर । ललितपुरको गवार्कोमा आज विहान बस गम्भिर दुर्घटनामा हुन्दा १८ जना घाइते भएका छन् ।
प््रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बिएण्डबि अस्पताल अगाडि बा.३ ख २१४२ नम्बरको बस अनियन्त्रित भई पल्टिएर ज.१ च ५९२ नम्बरको एम्बुलेन्सलाई सोमबार बिहान ठक्कर दिँदा बसमा सवार काठमाडौं सतुङ्गल बस्ने मकवानपुर घर भएका ६२ वर्षीय कृष्ण बहादुर बलामी समेत १८ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि बिएण्डबी अस्पतालमा लगिएको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसन्धान गरिरहेको प्र
हरीले जाकारी दिएको छ ।
८ कार्तिक २०७८, सोमबार
0
Shares
प्रतिक्रिया