१० कात्तिक ०७८, ललितपुर । ललितपुर मंगलबजारको एक डेराबाट चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १७ मंगलबजार कनिवहाल डेरा गरी बस्ने धादिङ घर भएका देवशिखा राईको कोठाबाट नगद ३ लाख रुपैयाँ, ९ हजार ५० नेपाली रुपैयाँ बराबरको ईराकी दिनार र १ थान मोबाइल समेत गरी करिब ३ लाख ३१ हजार ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
उनको कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरुले ढोकाको चाबी मिलाई ढोका खोली चोरी गरेको बताइएको छ । चोरीको सूचना पाए लगत्तै महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजीका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१० कार्तिक २०७८, बुधबार
0
Shares
प्रतिक्रिया