८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको कपुरधारास्थित बन्द कोठामा भेटियो पेस्तोलसहित हातहतियार



फाइल तस्विर

१० कात्तिक ०७८, काठमाडौं । काठमाडौंको कपुरधारास्थित बन्द कोठाभित्र पेस्तोल, गोलीसहित विभिन्न हातहतियार फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ कपुरधारा डेरा गरी बस्ने सोलुखुम्बु साबिक देउसा गाविस ४ घर भएका ३४ वर्षीय मिलन कुमार राईको कोठाबाट १ थान पेस्तोल, सोही पेस्तोलको ४ राउण्ड गोली, २ थान म्याग्जिन, १ थान खुकुरी, विभिन्न किसिमका छाप तथा कागजपत्रहरु सोमबार दिउँसो प्रहरीले बरामद गरेको छहो।
बिगत सात महिनादेखि मिलन सम्पर्कमा नआएपछि प्रहरी, जनप्रतिनिधि, स्थानीय भद्रभलादमीको रोहबरमा मिलनको कोठा विधिवत खाली गर्ने क्रममा झोलाभित्र यो हतियार र विभिन्न कागजपत्रहरू बरामद भएको हो ।
मिलनको खोजीसँगै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।