१० कात्तिक ०७८, काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट प्रहरीले पटकासहित एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा किराना पसलका सञ्चालक सर्लाही चक्रघट्ट
गाउँपालिका–५ घर भएका ४० वर्षीय मनोज कुमार चौधरी रहेका छन् । उनको साथबाट प्रहरी खोर्सानी, रकेट, झिरझिरे
लगायतका करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाकासहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा पटाका भण्डारण गरी ब्रिकी गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको पसल खानतलासी गर्दा उक्त पटाका बरामद गरी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१० कार्तिक २०७८, बुधबार
0
Shares
प्रतिक्रिया