११ कार्तिक ०७८, ललितपुर । ललितपुरको एक इँटा भट्टमा कार्यरत मजदुरले आफ्नै पत्नीलाई मट्टितेल खन्याएर हत्याको प्रयास गरेका छन्।
दुवैले मदिरा पिएपछि भएको विवादका क्रममा बिहीबार बिहान गोदावरी नगरपालिका–१३ मा बस्दै आएका राजु देसारले श्रीमती मुना देसारलाई मट्टितेल खन्याएर जिउँदै जलाउने प्रयास गरेका हुन्।
ललितपुर प्रहरीका अनुसार जलेर गम्भीर घाइते मुनाको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। राजुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
११ कार्तिक २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया