७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीका विभिन्न नगरमा किशोरीहरुको क्षमता अभिवृद्धि परियोजना सञ्चालन



१४ कात्तिक ०७८, काठमाडौं । राजधानीका विभिन्न नगरहरुमा किशोरीहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरु सुरु भएका छन् ।
ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा समाजमा शान्ति र विकासका लागि महिला तथा किशोरीहरुको क्षमता अभिवृद्धि परियोजना सञ्चालन गरिरहेको छ ।
ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, गोदावरि नगरपालिका र महालक्ष्मी नगरपालिकामा नगरपालिकाहरुमा समन्वय गरेर प्रत्येक स्थानिय तहमा २५ जना महिला तथा किशोरीहरुलाई समेटेर महिला मानबअधिकार रक्षक सञ्जाल पनि गठन गरेको हो ।

महिला अधिकार र न्यायमा पहुंच वृद्धि गर्नका लागि महिला मानवअधिकार रक्षकलाई समुदाय स्तरमा परिचालन गराउने उद्देश्यले गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका र किर्तिपुर नगरपालिकामा “लैङ्गिकतामा आधारित हिंसा तथा विभेदसँग सम्बन्धित सवाल पहिचान, कार्ययोजना निर्माण र महिला मानवअधिकार रक्षकको भूमिका विषयमा तालिम”कार्यक्रम सम्पन्न गरियो । उक्त तालिम गोदावरी नगरपालिकामा कार्तिक ८ र ९ , ललितपुर महानगरपालिका कार्तिक १० र ११ र किर्तिपुर नगरपालिकामा कार्तिक १२ र १३ मा प्रभावकारीताका साथ सम्पन्न भयो ।
त्यस्तै किर्तिपुर नगरपालिकामा सञ्चालित तालिम कार्यक्रम संस्थाको अध्यक्ष ईन्दिरा घलेको अध्यक्षता र किर्तिपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा शुभारम्भ गरिएको थियो । दुइृ दिनसम्म संचालन गरिएको उक्त तालिमलाई अधिबक्ता बिन्द्रा मर्हजनले सहजिकरण गर्नुभएको थियो । तालिममा २५ जना महिला मानवअधिकार रक्षकको सक्रिय सहभागिता रहेको थियो ।
मानवअधिकारको विश्वव्यापी मान्यता र मानवअधिकारको दृष्टिकोण, मानवअधिकार प्रवद्र्दन र संरक्षणका लागि महिला मानवअधिकार रक्षक ः आवश्यकता र संलग्नता, लैङ्गिकतामा आधारित हिंसा तथा विभेद न्यूनिकरणमा महिला मानवअधिकार रक्षकले समुदायमा खेल्नुपर्ने भूमिका र जिम्मेवारी, महिला मानवअधिकार रक्षक र स्थानीय सरोकारवाला बीच समन्वय र सहकाय, लैङ्गिकतामा आधारित हिंसा, सामाजिक विभेद, शान्ति र विकासमा महिला मानवअधिकारको योगदान लगायतका बिषयवस्तुमा केन्द्रित रहेर तालिम सहजीकरण गरिएको थियो । शान्ति र विकासको अवरोध लैङ्गिकतामा आधारित हिंसा र विभेद न्यूनिकरणका लागि महिला मानवअधिकार रक्षकले समाजमा खेल्नुपर्ने भूमिकामा रहेर कार्ययोजना निर्माण गरियो र कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तालिममा सहभागी महिला मानवअधिकार रक्षकले प्रतिवद्दता जाहेर गरेका छन् ।
परिवर्तनका लागि सहकार्य नेपालले ललितपुर, काठमाण्डौं,मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यस संस्थाले ब्रेड फर द वल्र्डको आर्थिक सहयोगमा
यो कार्यक्रम सञ्चालन गरिरहेको हो ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।