८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन सुरु



 

१४ कात्तिक ०७८, ललितपुर । ललितपुर महानगरपालिकाले आज आइतबारबाट नगरभित्रका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार पहिलो चरणमा ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई आइतबारदेखि निमोनियाविरुद्धको खोप लगाउन शुरु गरिएको हो । खोप बुधबारसम्म सञ्चालन हुनेछ । खोप केन्द्रहरुमा नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिस लिएर विहान ११ बजेदेखि ४ बजे भित्र जानु पर्छ ।
महानगरले ‘७० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने लक्षयका साथ खोप अभियान सुरु गरिएको बताइएको छ । अहिले ७४ वर्ष माथिका जेष्ठ नागरिक लाई खोप दिन लागिएको भएपनि लगत्तै दोश्रो चरणको खोप कार्यक्रम संचालन गर्ने महानगरको लक्ष्य छ
ललितपुर महानगरमा ७४ वर्षभन्दा माथिका जेष्ठ नागरिकको संख्या ५ हजार २ सय छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।