२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीका बसपार्कमै तिहारमा घर जानेलाई खोप दिइदै




१६ कात्तिक ०७८,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलो मात्रा दिन थालिएको जानकारी दिएका छन् ।
उनका अनुसार आज बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ । बिहान ७ बजेदेखि साँझ ७ बजे खोप प्रदान गरिने छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले खोप लगाउनका लागि रेडक्रसका स्वम्सेवक परिचालन गरिएको बताएका छन् ।
“बसपार्कको टिकट काउन्टरमा गई स्वयसेवकले खोप लगाउन यात्रुलाई अनुरोध गर्नेछन”, उनले भने, “अनि ती घर जान लागेका यात्रु नजिकैको खोप केन्द्रमा गई खोप लगाउने छन् ।”उनले अहिले ५०० मात्रा चारै वटा खोप केन्द्रमा पठाइएको र आवश्यकता अनुसार खोप उपलब्ध गराउने जानकारी दिएका छन् ।
भेरोसेल र एस्ट्राजेनिका खोप यात्रुलाई प्रदान गरिने छ । पहिलो मात्रा दिइसकेको ती यात्रुलाई घरबाट फर्केपपछि दोस्रो मात्राको खोप प्रदान गरिने छ । खोप आज र भोलि प्रदान गरिने छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ११ : ५८ बजे