७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा मट्टीतेल खन्याइ जलाइएकी महिलालाई भेट्यो आयोगले



१६ कात्तिक ०७८, ललितपुर । श्रीमानले मट्टीतेल खन्याइ जलाएको घटनाको राष्ट्रिय महिला आयोगले अनुगमन गरेको छ ।

आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वमा कर्मचारीसहितको टोलीले काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं‍.११ बस्ने २७ वर्षकि मुना मगरलाई भेटेर घटनाको विवरण लिएको हो ।

मुनालाई उनका श्रीमान् राजु देशारले यही कार्तिक ११ गते विहान ४ बजे मट्टीतेल खन्याई हत्या गर्न खोजेका थिए ।

आयोगको टोलीले अस्पतालको चिकित्सक टोली र पीडितका आफन्तसँग पनि भेट गरी उनको अवस्थाबारे जानकारी लिएको सदस्य खतिवडाले जानकारी दिइन् ।

चिकित्सकका अनुसार आगोबाट मुनाको शरीरको ५० प्रतिशत भाग जलेको छ ।

मट्टीतेल खन्याएर श्रीमती मार्न खोज्ने श्रीमान् राजु देशार भने घटनालगत्तै पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

यस्तै आयोगको अनुगमन टोलीले अस्पताल प्रमुख डा। पेरु प्रधानसँग भेटेर पीडितको उपचारको लागि सम्बन्धित निकायसँग समन्वय बताएको छ।

राजुले ज्यान मार्ने हिसाबले घटना गरेकोले उनलाई कडा भन्दा कडा सजाय गर्न मुनाका माइती पक्षको माग छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।