२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख अनुदान दिइने




१६ कात्तिक ०७८, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख अनुदान दिने भएको छ ।
महानगरको आज बसेको ७० औँ कार्यपालिका बैठकले यो निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा विद्यार्थीबाट सङ्कलन हुने शुल्कबाट बेहोरिने जानकारी दिएका छन् ।
बैठकले वडा नं ११ को कार्यालय सञ्चालनका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ ।
बैठकमा सम्पदामैत्री भवन निर्माणका लागि स्वीकृत मापदण्ड कार्यान्वयन, पानी नआउने धाराका महशुल छुटका लागि महानगरपालिकाले गरेको प्रयास, नेपाल विद्युत् प्राधिकरणलगायत सडक खन्ने निकायसँगको समन्वय र डेङ्गु नियन्त्रणका लागि भइरहेको कार्यका सम्बन्धमा सदस्यहरुले जिज्ञासा राखेको बताइएको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : ५६ बजे