ललितपुर खबर
१७ कात्तिक ०७८, ललितपुर । ललितपुरमा राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार अपरान्ह एक सूचना प्रकाशित गरि तिहारमा राती ९ बजेसम्म देउसी भैलो खेल्न पाउने अन्यथा कानून बमोजिम कारवाही हुने जानकारी दिएको छ ।
कार्यालयले कोरोना संक्रमणको जोखिम अझैं रहेको जानकारी दिदै स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न समेत सचेत गराएको छ ।
सुचनामा भनिएको छ —शुभ दिपावली, छठलगायतका पर्वहरु सबै जिल्लाबासीले हर्षोल्हासपुर्वक मनाउने चाहना हुँदा हुँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण हालसम्म पनि कायम रहेको र यस्ता पर्वको समयमा हुन सक्ने अवाञ्छित कार्यहरुको नियन्त्रण गरी जनचाहना बमोजिम सुरक्षित एबं शान्तिपुर्वक देहाय बमोजिमका कार्य गरी दिपावलीलगायत पर्वहरु सुव्यवस्थित एवं सुवास्थ्य सतर्कता सहित मनाउन सबैमा अनुरोध छ । उल्येखित कार्य विपरित भए गरिएको पाइएमा कानून बमोजिम कारवाही गरिने समेत सबैमा जानकारी गराइन्छ ।
प्रशासनले जारी गरेको सूचनामा स्वास्थ्य मापदण्ड पालना गर्ने,मठ मन्दिरमा भिडभाड नगर्ने,पटका आतिसबासी ओसार प्रसार,विक्रि र प्रयोग नगर्ने, मादक पर्दाथ खाएर सार्वजनिक स्थलमा होहल्ला नगर्ने र सार्वजनिक यातयात र जनजीवनमा असरपर्ने कुनै पनि गतिविधि नगर्न नगराउन सचेत गराइएको छ ।
प्रतिक्रिया